विश्व स्वास्थ्य संगठन : विश्वका १० प्रतिशत मानिसलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्छ
विश्व स्वास्थ्य संगठनले विश्वका करोडौं मानिसहरूलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्ने जनाएको छ।
उसले यो संख्या हाल प्रमाणित भइसकेका ३ करोड ५० लाख संक्रमित भन्दा बढी भइसकेको हुनसक्ने अनुमान गरेको हो।
'हाम्रो अहिलेसम्मको उत्कृष्ट अनुमानले विश्वको १० प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेको हुनुपर्छ', संगठनका आपतकालिन संचालन प्रमुख माइक रायनले भने।
संगठनको सोमबार बसेको कार्यकारी बोर्डको बैठकमा उनले यस्तो बताएका हुन्।
'देश अनुसार यो फरक हुनसक्छ। यो शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा फरक पर्नसक्छ। यो समूहबिचमा फरक हुनसक्छ', रायनले जेनेभामा भने, 'यसको मतलब विश्वको धेरै संख्या खतरामा छ भन्ने हो।' रायनका अनुसार कोरोनाका कारण हुने संक्रमण र मृत्यु युरोप, दक्षिणपूर्वी एसिया र पूर्वी भूमध्य क्षेत्रमा बढिरहेको छ जबकी अफ्रिका र पश्चिम प्रशान्तमा अन्यत्रभन्दा बढी राम्रो छ।
'देश अनुसार यो फरक हुनसक्छ। यो शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा फरक पर्नसक्छ। यो समूहबिचमा फरक हुनसक्छ', रायनले जेनेभामा भने, 'यसको मतलब विश्वको धेरै संख्या खतरामा छ भन्ने हो।'
रायनका अनुसार कोरोनाका कारण हुने संक्रमण र मृत्यु युरोप, दक्षिणपूर्वी एसिया र पूर्वी भूमध्य क्षेत्रमा बढिरहेको छ जबकी अफ्रिका र पश्चिम प्रशान्तमा अन्यत्रभन्दा बढी राम्रो छ।