सुनचाँदीको स्थिर मूल्य
(काठमाडौँ) नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७४ हजार ४०० मा काराेबार भएको छ ।
यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।