३ जना पेस्तोलसहित चोभारबाट पक्राउ
(काठमाडौं) प्रहरले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।
उनले भने, ‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।’ थापाले पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको बताए । उनका अनुसार तीनै जनामाथि हातहतियार तथा खरखजना ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइनेछ ।