चेल्सी वाटफोर्डलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा
(काठमाडौं) इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टिम वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे ।
खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिसिकको गोलबाट २–० गोलको अग्रता बनायो । ८०औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई २–१ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा गोल नभएपछि खेल चेल्सीले जित्न पुग्यो ।