नीरब मोदी : भारत पठाइए आत्महत्या गर्छु
(काठमाडौं) लण्डन प्रहरीको नियन्त्रणमा रहेका हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन् ।
मंगलबार अदालतमा उपस्थित गराइएका मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको भन्दै यदि भारत पठाइए आत्महत्या गर्ने बताएका हुन् ।