आलमको बयान सकियो, थुनछेकको बहस आजै
(रौतहट) राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बयान सकिएको छ। जिल्ला अदालत रौतहटले तीन दिन लगाएर बयान लिएको हो।
पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। तेस्रो दिन उनलाई न्यायाधीशले २६ वटा प्रश्न गरेका थिए।
चार नम्बर इजलासका न्यायाधीश दिपक ढकालले सोधेका अधिकांस प्रश्नको जवाफमा आलमले अपराध अस्वीकार गरेका छन्। तत्कालीन समयमा सरकारी वकिलको कार्यालय ले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलम ले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए। आलमले यहि एक मात्र प्रश्नको साविती बयान दिएका हुन्।
आलमको आजनै थुनछेकको बहस हुने छ। जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार २ बजेबाट बहस सुरु हुने छ।