नेपाली क्रिकेट कप्तान पारस खड्काद्वारा राजीनामा
(काठमाडाैँ) नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।'मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,' पारसले विज्ञप्तिमा भनेका छन्, 'नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’ उनी नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।
उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने बताइएकाे छ ।