मुख्यमन्त्री गुरुङले भने पार्टीगत ट्रेड युनियन खारेज गरौँ
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन। देशको शासन व्यवस्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाँचामा चलिरहेको उनको आरोप छ। यसलाई सरकारले नतिजा दिन नसक्नुको कारकको रुपमा लिएको पनि उनले बताए। भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत सहकारी राजिष्टारको कार्यलायको पोखरामा उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको बताएका हुन्।
‘विगतमा राजतन्त्र र पुरानो व्यवास्था ढाल्नलाई राजनीतिक दलहरुले युनियन प्रयोग गरे’, उनले भने, ‘कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको हो। सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ। युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको हुन्छ।’ कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको बताउँदै उनले अब झन्झटिला व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।
रासस