बझाङको बित्थडचिर गाउँपालीकामा विस्तार शाखा सडक छेउछाउमा बहुवर्षे घाँस वृक्षारोपण
बझाङ ३ श्रावण । बझाङको बित्थडचिर गाउँपालीकामा नयाँ विस्तार भएका शाखा सडकहरुमा छेउछाउमा बहुवर्षे जातको अमिस्रो घाँस लगाउन थालेका छन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालीकाका सबै नयाँ विस्तार भएका शाखा सडकहरुमा ७० देखी ८० हजार विरुवा लगाइरहेको गाउँपालीका प्रवक्ता हर्क धामीले जानकारी दिनु भयो ।
बिहीबारमात्रै देउलेखदेखि वडा नं ६को मण, पोखरी पाडपाखा हुँदै बुङगल नगरपालिका जोडिने सडक खण्डमा झण्डै दश हजार विरुवाले वृक्षारोपण गरिएको छ ।
वायोइन्जिनियरिङ्ग कार्यक्रम अन्तर्गत वर्षायाममा हुने बाढी, पहिरो, भूक्षय लगाएतका जोसखम न्यूनिकरणको लागि बहुउपयोगी अमिस्रो घाँसको विरुवा लगाइएको प्रवक्ता धामीले जानकारी दिएका छन । उनका अनुसार बहुउपयोगी अमीस्रो जातको घाँसले बाढी पहिरो जस्ता जोखिम कम गर्नुको साथै पशुपालक किसानहरुले डाले घाँसको रुपमा प्रयोग गर्न सकिने बताउनु भयो ।
