चितवनमा मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना युवक पक्राउ
काठमाण्डौ १४ श्रावण । चितवनमा मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेकालाई छुटाउने भनी आठ लाख रुपैयाँ ठगी गरेको आरोपमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय दीपेन्द्र पण्डित र २३ वर्षीय सागर क्षेत्री रहेको प्रहरीले जनाएकोछ ।
उनीहरुलाई भरतपुर–३ लायन्सचोकबाट नियन्त्रणमा लिइएको हो। उनीहरुले केही समयअघि लागुऔषधसहित पक्राउ परेका भरतपुर–४ का सन्तोष सिकारीलगायतका व्यक्तिहरुलाई छुटाइदिने भन्दै सिकारीका श्रमतीसँग पाँच लाख ५० हजार रुपैयाँ र १० तोला सुन गरी आठ लाख रुपैयाँ ठगी गरेको प्रहरीले अनुमानछ । सन्तोष गत असार २६ मा रत्ननगर नगरपालिका–१ बकुलहर चोकबाट खैरो हिरोईन १० ग्राम ३६० मिलिग्रामसहित पक्राउ परेका थिए। दीपेन्द्र र सागरलाई ठगी कसुरमा चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जान्कारी दिनु भयो ।