आज २०६ औं भानु जयन्ती विश्वभर नेपालीहरुले मनाउदै
काठमाडौं २९ असार । विश्वभर नेपाली भाषीहरुले बिभिन्न कार्यक्रम आयोजना गरेर २०६औँ भानुभक्त जन्मजयन्ती अबसर पारेर भानुभक्त आचार्यलाई सम्झिरहेका छन् । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगतएका थिए । उहाँले लेखेका रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ बाचन पनि गरिन्छ ।
तेति बेला बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।
भानुभक्त जन्म जयन्तीलाई आज नेपाली हरुले विश्वभर मनाईरहेका छन । भानुभक्त जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौंको बिभिन्न स्थान मा मनाउदैछन त्यस्तै काठमाडौंमा प्रभातफेरी तथा महानगर परिक्रमा समेत गरिएको छ । भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा निकालिएको प्रभातफेरी प्रज्ञा भवनबाट सुरु भर्इ पुतली सडक, बागबजार, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेको थियो।