गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु २ जना घाइते
काठमाण्डौ ७ श्रावण । गुल्मीमा पहिरोमा पुरियरर ६ जनाको मृत्यु भएको छ। वर्षासँगै आएको भेल घरमा पसेपछि तिल बहादुर त्रामुकी ३० वर्षीय श्रीमति तिलकुमारी र १० वर्षका छोरा दर्शनको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी घाइते भएका छन् । वर्षा निरन्तर भइरहेका कारण घाइतेलाई अस्पताल लैजान समस्या भइरहेको स्थानीयले बताएका छन् ।
यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । उनले प्रहरीसँगै उपचारका लागि स्वास्थ्य टोली पनि घटनास्थल गएको छ ।