समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाण्डौ १५ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई आज निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कतिपय मन्त्रीहरुको कामप्रति असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला बुधबार कार्य सम्पादन सम्झौता गरेका छन ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट गरेर प्रधानमन्त्री ओलीले ‘अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् भनुभयो ।’
प्रधानमन्त्रीले स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि परेकोछ ।हामी पछाडीयका छौ ,हामी आफ्ले आफुहरुलार्इ पिछडिएको देश, गरिब देश भन्नु परेको स्थिती छ । हाम्रो देश नेपालमा नकारात्मक चिजहरु विकास भएका छन् । अब सबैले आर्थिक विकासमा पछाडि पर्नु परेको देखिन्छ । जनताले यो सब बदल्न हामीलाई बहुमत दिएका छन् ।’
अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तीय काम गर्न निर्देशन समेत प्रधानमन्त्री ओलीले दिएकाछन ।ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताउनु भयो ।