बझाङको वित्थड चिर गाउपालीकाको वडा ९ मा ताला बन्दी
बझाङ बझाङको वित्थड चिर गाउँपालिकाको वडा न ९को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष कलक बहादुर बिष्टले वडामा एकलौटी ढङ्गले योजनाहरु सञ्चालन गरिरहको आरोप लगाउदै स्थानीयले वडामा ताला लगाएका हुन ।
वडाले राज्यको पुर्नःसंरचना संगै स्थानिय सरकार सञ्चालन ऐन २०७४ विपरित मनोमानि तरिकाले कामकारबाहि अगाडि बढाएको भन्दै सेवाग्रहीहरुले आपत्ति जनाएका छन ।
स्वस्थ्य चौकी भवन निर्माणको बिषयमा समेत विवाद चर्किएको छ । वडा अध्यक्षले आफु खुसि स्वास्थ्य चौकीको भवन निर्माण गरेको आरोप लागेको छ । वडा कार्यालय पनि अर्को वडा, वडा नं। ७ मा रहेको स्थानीयले बताएकाछन ।