राष्ट्रपति भवनको ट्वाइलेटमा सरोज खनालको ‘फोटो सुट?’ बाध्यता कि नियत ?
काठमाडौं । तीन वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ गत शुक्रबार मात्र राष्ट्रपति भवनमा सम्पन्न भयो । तीन वर्षपछि बल्ल भएको सो अवार्ड कार्यक्रमप्रति कलाकारहरू भने सन्तुष्ट देखिँदैनन् । उनीहरूले समाजिक सञ्जालमा आक्रोश र असन्तुष्टिहरू पोखिरहेका छन् ।
देशभर बाढीले बितण्डा मच्चाइरहेको बेला सामाजिक सञ्जालमा भने यही ‘राष्ट्रिय चलचित्र अवार्ड’ को रडाको मच्चिएको देखिन्छ । अवार्ड सम्पन्न भएलगत्तै फिल्मकर्मीहरूले सामाजिक सञ्जालमा उक्त अवार्ड वितरण र कार्यक्रम व्यवस्थापन शैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना सुरु गरेका हुन् ।
हुन त यो अवार्ड मात्रै विवादित बनेको होइन । नेपालमा हुने प्रायस् सबै फिल्म अवार्ड विवादितै हुने गरेको छ । राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्ति र पैसाको चलखेलको कारण फिल्म अवार्ड विवादित हुँदै आएको पाइन्छ ।
फिल्म ‘पञ्चायत’ का निर्देशक शिवम् अधिकारीले ‘अवार्ड किन्नको लागि पैसा बोकेर हिँड्नु पर्ने हो रु’ भन्दै प्रश्न गरेको छन् । उनले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएपछि उक्त आक्रोश फेसबुकर्मफत पोखेका हुन् ।
त्यस्तै अवार्ड कार्यक्रममा उपस्थित नभएकी अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमै असन्तुष्टि जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छन्( ‘एकादेशको कथा, पहिला(पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे १ घर गएर नाच्न बिलकुलै स्वीकार्य छैन । बाहिर आउनुस्, तपाईँ हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौँ ।’
करिश्माको उक्त पोस्टमा कसैको नाम उल्लेख गरेकी छैनन्, तर उनले ‘आमा’ भनेर सम्बोधन गरेकी छन् । ‘आमा’ सम्बोधन राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेकी हुन् भन्ने सहजै बुझिन्छ । किनकि अवार्ड कार्यक्रम राष्ट्रपति निवासमा गरिएको थियो । र ‘घर’ भनेर राष्ट्रपति भवनलाई इंगित गरेकी छन् ।
प्रसंग सरोजको ‘कमोड(फोटो’
करिस्माको उक्त फेसबुक पोस्टमा कार्यक्रममा सहभागी नायक सरोज खनालले ट्वाइलेटभित्र कमोडमा बसिरहेको आफ्नो एउटा फोटो पोस्ट गर्दै कमेन्ट गरेका छन् । करिश्माको स्टाटसमा सहमति जनाउँदै सरोजले कलाकारको सम्मान नभएको भन्दै मनको ‘बह’ पोखेका छन् ।
सरोजले लेखेका छन्( ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फर्मर करिब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ भनेर शेयर गरिनँ । तर, मनको बह कसैलाई भन्नु भन्छन् । त्यसैले आई शेयर विथ यु ।’
उनले करिश्माको कमेन्ट मनको बह पोख्दै राखेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा कलाकार सरोज खनाललाई राष्ट्रपतिले ट्वाइलेटमा लगेर राखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना समेत भइरहेको छ । केही मिडियाहरूले पनि ‘कलाकार खनाललाई राष्ट्रपतिले ट्वाइलेटमा लगेर राखे’ भनेर हेडलाइन नै बनाएको समेत भेटिन्छ ।
तर उनको फोटो हर्दा चाहिँ पूरै पोजमा देखिन्छन् । साइडमा लेडिज ब्याग समेत देखिएको छ । उनले किन यसरी पोज दिई दिई ‘फोटो सुट’ गराए त 
उनलाई कमोडमा बसेर पालो ‘पर्खिरहेको’ देखेपछि कलाकार छुल्ठिम गुरुङले खिचिदिएको बताइएको छ । खनालले राष्ट्रपति भण्डारीलाई देखाउने नृत्यको पालो कुरेर ट्वाइलेटको कमोडमा बसेको आफैँले बताएका छन् । आयोजकको कमजोर व्यवस्थापनका कारण ट्वाइलेटको कमोडमा बसेर नाच्ने पालो कुर्नुपरेको तितो यथार्थ समेत कलाकार खनालले बाहिर ल्याइदिएका छन् ।
अवार्ड कार्यक्रममा कलाकार खनालसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङलगायतले तृत्य देखाएका थिए ।
के भन्छन् खनाल रु
यसबारेमा न्यूज २४ सँग टेलिफोनमा कुरा गर्दै सरोज खनालले भने, ‘कार्यक्रमको व्यवस्थापन एकदमै कमजोर थियो, कलाकारहरूले ड्रेस चेन्ज गर्नको लागि एउटा कोठा समेत थिएन । त्यो भन्दा बढी अपमान त के हाला र रु अवार्ड कार्यक्रमा नृत्य गर्ने ३०र३५ जनाको टोली थियौँ, ड्रेस चेन्ज गर्न बाहिर जाने कुरा पनि भएन, पानी परिरहेको थियो । सबैको अगाडि ड्रेस चेन्ज गर्ने कुरो पनि भएन । त्यही कोठाको छेउमा एउटा सानो ट्वाइलेट थियो, हामी सबै कलाकारहरूले पालैपालो त्यही ड्रेस चेन्ज गर्यौँ ।’
उनले सानो कोठामा धेरै कोचिएर बस्नु भन्दा ट्वाइलेट बस्दा आनन्द आउने पनि बताए । उनले भने, ‘ट्वाइलेट सानो भए पनि ठूलो झ्याल थियो । हावा मज्जाले आउँथ्यो, उता कोठामा धेरै भिड भएकोले गर्दा म कमोडमै बसिरहेँ । त्यही बेला नायिका छुल्ठिम गुरुङले कमोडमा बसिरहेको फोटो खिचिदिइन् ।’
उनले २०७४ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘मंगलम’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे ।

राससबाट