उत्तरप्रदेशको शारदा नहरमा बस खस्दा डुबेका ३२ नेपालीको उद्धार
काठमाडौं : उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खस्दा डुबेका ३२ जना नेपालीको उद्धार गरिएको छ।
पुलिसका अनुसार दुर्घटनामा परेका यी सबै यात्रु सिमलाबाट नेपाल फर्किरहेका थिए। शारदानगर पुलिस चौकीका प्रभारी महेश गंगवारका अनुसार केही यात्रुलाई सामान्य चोट लागेको छ। तर नहरमा डुबेका सबै नेपालीलाई जीवितै निकालिएको हो । गंगवारका अनुसार अर्को यात्रु बसबाट सबै यात्रुलाई उपचारपछि नेपाल पठाइएको छ।
thahakhabar