सरकारले प्रहरीको गोलीबाट मारिएका सरोजनारायणका परिवारलाई १० लाख
काठमाडौं २६ असार । सर्लाहीकामा सरकारले प्रहरीको गोली लागेर मारिएका सरोजनारायण सिंहको परिवारलाई १० लाख आर्थक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहतस्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन । सोमबार बसेकको मन्त्रिपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले त्यस घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताएका छन।
अघिल्लो शनिवार दिउँसो सर्लाही र महोत्तरीको सीमा बाँके खोलामा बालुवा गिट्टी निकाल्न क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको थियो । रायको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले अघिल्लो आइतवार सर्लाहीको बाँके जंगलस्थित पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गर्न गएका थिए । अवरुद्ध राजमार्ग खोलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर सरोजनारायण सिंहको मृत्यु भएको थियो ।