लिगलिगकोटदेखि भच्चेक हुँदै बारपाकसम्म म्याराथुन
काठमाण्डौ ५ साउन । गोर्खा लिगलिगकोट नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो। हाल उक्त दरबार नभए पनि दरवारको भग्नावशेष विद्यामान छ। कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्। मर्स्याङ्दी नदी र चेपे नदीको संगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो। अहिले भने द्रब्य शाहको पुरानो दरबार लिगलिगकोटबाट अजिरकोट ९भच्चेक० हुँदै बारपाककोटसम्म नयाँ दौड राखिएको छ। पहिले हुने दौड राजा हुनलाई हुन्थ्यो भने अहिले पर्यटन प्रचारप्रसारको लागि हुनेछ। लिगलिगकोट दौडेर राजा हुने ऐतिहासिक स्थल हो भने, बारपाक २०७२ बैशाख १२ को विनाशकारी भूकम्पको केन्द्र विन्दु हो। टे«किङ एजेन्सीज एशोसियशन अफ नेपाल ९टान० को आयोजनामा म्याराथन हुन लागेको हो।
टानको वार्षिक कार्यक्रमअन्तर्गत पहिलो पटक गोरखामा यस्तो म्याराथन हुन लागेको हो। यस भन्दा पहिले लाङटाङ, सगरमाथा लगायतका क्षेत्रतिर हुने यस्तो कार्यक्रम यसवर्ष गोरखामा हुन लागेको हो। भूकम्प गएपनि यस क्षेत्रको पर्यटन क्षेत्रमा कुनै असर नपुर्याएको र पुर्याएको ठाउँहरू पुरानै अवस्थामा फर्किसकेको सन्देश दिन म्याराथनको आयोजना गरिएको टानका केन्द्रीय अध्यक्ष नवराज दाहालले जानकारी दिए। ‘यस वर्ष बारपाक लगायतका क्षेत्रको प्रचारको गर्न लागिपरेका छौँ,’ दाहालले भने, ‘अब छिटै रुट रेकी गरेरम्याराथनको तयारी थाल्छौँ।’ आगामी अगस्ट १० तारिकमा लिगलिगकोट भच्चेक हुँदै बारपाकसम्म म्याराथन हुन लागेको छ। टानल टानकै सुजन लामिछानेको संयोजकत्वमाम्याराथन तयारी समिति समेत गठन गरेको छ। सुजन लामिछाने नेतृत्वको टोलीले साउन ५ गते आइतबार प्राविधिक लिएर रुट रेकीको लागि गोरखा जाँदैछ। ‘आइतबार हामी रुट रेकीको लागि जाँदैछौँ’ कार्यक्रमको संयोजक समेत रहेका लामिछानेले भने, ‘म्याराथुन अगस्ट १० तारिकमा गर्ने योजनामा छौँ। यसको दूरी कति छ भन्ने बारे रेकी पछि मात्रै थाहा हुन्छ।’ दूरी कति हुने केही टुंगो नलागेको भए पनि करिब ५० किलोमिटर हुने अनुमान गरिएको छ।म्याराथनमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावकहरूले सहभागिता जनाउन पाउने छन्।
म्याराथनमा सहभागी विदेशी धावकले ७५ अमेरिकी डलर र नेपालीले दुई हजार ५०० रुपैयाँ दर्ता शूल्क तिर्नुपर्ने हुन्छ। म्याराथनमा पहिलो हुनेले ८० हजार रुपैयाँ, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैँयाको साथमा अन्य पुरस्कार पाउने टानले जनाएको छ। यसको स्थानीय रुपमा संयोजन धार्चे मनास्लु पर्यटन विकास समितिले गरेको छ। म्याराथुनको लागि पालुंटार नगरपालिका, सिरान्चोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको टानले जनाएको छ।
‘लिगलिगकोटदेखि सिरानचोक, भच्चेक हुदै बारपाकम्याराथनको रुट हो’, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले भने, ‘यस क्षेत्रमा भूकम्प गएपनि पर्यटनको हिसाबले कुनै सक्षम रहेको जानकारी दिन दौड हुन लागेको हो।’ केन्द्रीय टानले गोरखाका प्रहरी प्रशासनसँग सुरक्षाको लागि आवश्यक समन्वयको लागि तयारी गरिरहेको छ। भूकम्पपछि पदमार्ग लगायत पूर्वाधार ध्वस्त भएको सन्देश गएको र अब कुनै जोखिम छैन भन्ने सन्देश फैलाउन म्याराथन गर्न लागिएको टानले जनाएको छ।
थाहा खबर