विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दले, उपत्यकामा प्रभाब परेन् , देशका अधिकांश ठाउँमा भने प्रभाब
काठमाण्डौ १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले देशका बिभिन्न ठाउहरुमा बन्द गरेर पनि काठमाण्डौ उपत्यकामा भने खासै प्रभाब परेको छैन ।बन्दका कारण कतै आगजनि त कतै सवारी साधन बन्द भए पनि काठमाण्डौ उपत्यकामा सवारी साधन हरु चलिरहेका छन । बन्दका कारण उपत्यकाका केहि भेगमा अधिकांश विधालय ,बन्द रहेता पनि सवारी साधन ,होटेल ,पसल इत्यादीहरु संचालनमै छन ।
एकातिर देश भर बन्द भन्ेता पनि आवतजावतमा समस्या रहेको छैन । हिजोबाट देश भर बन्द भएकाकारण नागरीक हरु चिन्तित भएतापनि उपत्यकामा भने तेती खासै प्रभाबकारी समस्या परेको छैन। काठमाण्डौका केहि स्थान हरुमा सुरक्षा कडा परीएको छ ।चोक चोकमा नेपाल प्रहरी ,ससत्र प्रहरी लगाएता सुरक्षाकर्मीहरुले सुरक्षा कडा पारीएको छ ।
सरकारले देश भरिका विप्लव’ नेकपा समूहको गतिविधिबारे पछिल्लो समय गम्भीर विश्लेषण गर्दै विप्लवका कार्यकर्ता पक्राउको अभियान तीव्र पारेको छ । केही दिनअघि विप्लव समूहका उपत्यका ब्युरो प्रमुख माइला लामा पक्राउ गरेको थियो । प्रहरीले मंगलबार साँझ काठमाडौं जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ ।उनलाई लामा पक्राउको विरोधमा बन्दको प्रचार गर्दै गर्दा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उपाध्यायलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । सरकारले विप्लव नेकपा विभिन्न विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २८ फागुनमा उसका राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
काठमाण्डौ भन्दा बाहिरका देशका अधिकाँस ठाउहरुमा भने बिप्लब काठमाण्डौ र देशका अधिकान्स ठाउहरुमा प्रहरीले विप्लव नेकपाका नेता कार्यकर्ता गरी ६ सय भन्दा बढीलाई पक्राउ गरेर विभिन्न मुद्दा चलाई स’्रक्षा कडा परएकोको छ । पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको हल्ला चलिरहेकै बेला माइला लामा पक्राउ परेपछि भने वार्ताको सम्भावना करिब सरकारले सकिएको आँकलन गर्न थालिएको छ ।गृह मन्त्रालय स्रोत वार्ताभन्दा कार्यकर्ता पक्राउ गरी विप्लव समूहलाई गलाएर वार्ताको बाटोमा आउन बाध्य पार्ने मनस्थितिमा सरकार रहेको बताएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेकपाका नेतृत्व तहकै १ सय ५० जना बढी पक्राउ परिसकेका छन् ।
विप्लव समूहका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई हाल नख्खु कारागारमा राखिएको छ । उनीमाथि नख्खुकै एनसेल टावर अगाडि ११ फागुनमा बम विस्फोट गरेको अभियोग समेत लागाएको छ ।त्यस्तै, पक्राउ पर्नेमा विभागीय प्रमुख, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केही भ्रातृ संगठन प्रमुख र जिल्ला इन्चार्ज तथा सेक्रेटरी कार्यकार्यता हरु समेत रहेका छन । उनीहरुविरुद्ध चन्दा आतंक, बम विस्फोट आदि घटनाको अभियोग लगाइएको छ ।काठमाण्डौ भन्दा बाहिरका देशका अधिकान्स ठाउहरुमा भने बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको बनदको कारण प्रभाब परेको छ ।
मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख समेत गरिएको छ ।