कैलालीमा छोराद्धारा धारिलो हतिया प्रहार गरि बुवाको हत्या
काठमाण्डौ ६ श्रावण । कैलालीमा छोराले धारिलो हतियार प्रहार गरि आफ्नै बुवाको हत्या गरेका छन । घोडाघोडी नगरपालिका ११ मा आईतबार राती घरयासि झगडाले उग्ररुप लिदा बुवा ७५ बर्षिय काल्चे रावतमाथि ५५ बर्षिय उदे रावतले हसिया प्रहार गरेका छन ।
बुवाको हत्या गरि फरार रहेका उदे रावतलाई गयराती नै ईलाका प्रहरी कार्यालय सुखडकाले पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक यक्ष राज जोशिले जानकारी दिनुभयो । घटनामा परि मृतक रावतकि श्रीमती नन्दे रावत गम्भिर घाईते भएकि छन । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।