प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई आज
संसदीय सुनुवाई समितिको बैठक आज बिहान बस्दैछ । विभिन्न मुलुकका लागि सरकारले प्रस्ताव गरेका राजदूतको सुनुवाई हुने कार्यसूची रहेको छ । यसअघि समितिले राजदूतमा प्रस्तावित चार जनाविरुद्ध उजुरीका लागि १० दिनको समय दिएको थियो ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशका लागि डा. वंशिधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार अहिलेसम्म समितिमा दुई वटा बेनामी उजुरी परेका छन् । उजुरीकर्तासँग समितिमा छलफल गर्ने प्रचलन रहेपनि दुबै उजुरीकर्ताहरुले आफूलाई समितिमा नबोलाउन आग्रह गरेको उनले बताए ।
समितिले राजदूतमा सिफारिस भएका चार जनासँग छुट्टाछुट्टै छलफल गर्नेछ । समितिले नाम स्वीकृत गरेपछि अग्रिमोका लागि सरकारले उनीहरुको नाम सम्बन्धित मुलुकमा पठाउने छ ।
रा.रा.स बाट