गणतन्त्रको प्रमुख चुनौती विप्लव, वार्तामा नआए नियन्त्रणमा लीएर शान्ति कायम गर्ने गृहमन्त्रीको दाबी
काठमाण्डौ ७ श्रावण । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने बताएका छन्। आर्थिक वर्ष २०७५र०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको दाबि गरेका छन।
गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो। हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँु, उनले भने, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन्। पूर्ण शान्ति छ भन्नेमा हामी पनि सहमत छैनौ। तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ। गृहमन्त्री थापाले देशको स्थायित्व र संघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि दाबी समेत गरेका छन ।
देशको स्थायित्व र प्राप्त राजनीतिक उपलब्धी, संघीयता र गणतन्त्रको रक्षा गर्न अहिले विप्लवबाट चुनौती मिलेको छु, उनले भने, यसलाई रक्षा गर्न अहिलेसम्म विप्लवहरूलाई नियन्त्रण गरेर मूलधारमा ल्याउनमा धेरै हदसम्म सफल भएका छौँ। यसलाई पूर्णता दिँदै राजनीतिक स्थायित्व ल्याउन हामी सक्षम छौँ। अहिलेसम्म विप्लवलाई नियन्त्रण गर्ने नीति लिएका छौँ।
गृहमन्त्री थापाले अहिलेसम्म५र६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए। उनीहरुलाई हामीले कानुनी कठघरामा राखेका छौँ थापाले भने, ुतर पनि हामी अझै वार्ताबाट पनि समाधानको कोशिशमा छौँ। वार्तामा आउन आह्वान गरेका छौँ। अहिलेसम्म उनीहरू वार्तामा आउने निष्कर्षमा पुगेका छैनन्।
गृहमन्त्रीले सरकारले नियन्त्रणको नीति लिएपछि विप्लवहरु वार्ताका लागि तयार भएर केही शर्त राखेको पनि बताए । ुवार्ताका लागि केही शर्त राखेका छन् भन्ने सुनेका छौँ , उनले भने, हामीले लिएको नियन्त्रणको नीतिले उनीहरू वार्तामा आउने वातावरण बनेको छ।