समता अस्पताल महिला मृत प्रकरणमा तीनजनालाई धरौटीमा छाड्न आदेश
काठमाडौं २ साउन । काठमाण्डौ महानगरपालीकाको बौद्धमा रहेको समता अस्पताल परिसरमा एकजना महिला मृत भेटिएको प्रकरणमा काठमाडौं जिल्ला अदालतले तीनजनालाई धरौटीमा छाड्न आदेश दिएको छ। अस्पतालकै क्लिनर २७ वर्षीया बिमला तामाङको मत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंले मागेको धरौटी बुझाउन नसकेपछि सञ्चालक उत्तम सञ्जेलकी पत्नी कलासहित तीनजना बुधबार जेल चलान भएका छन ।
जिल्ला न्यायाधीश अर्जुनकुमार समतामा महिलाको मृत्यु धरौटी नबुझाउँदा सञ्जेल पत्नीसहित तीनजना जेल चलान कोइरालाको एकल इजलासले सन्जेल पत्नी कला, कर्मचारीद्वय तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही तीन(तीन लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनीहरुले बुधबार धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको हो । मंगलबार यो मुद्दामा आदेश आएपछि उनीहरुले धरौटी तिर्न सकेका थिए। महानगरीय प्रहरी परिसरका अनुसार तीनैजनाले धरौटी बुझाएमा रिहा हुनसक्छन्। विमला गत असार ३ गते अस्पताल परिसरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
उनको हत्या भएको भन्दै त्यसयता पटक पटक प्रदर्शन हुने गरेको छ। विमलाले छाडेको पत्रमा आफ्नो मृत्युको कारण सञ्जेल पत्नी र दुई कर्मचारीको नाम लेखिएपछि उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।