नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दको प्रभाव, कहाँ कति ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दको प्रभाव बुधबार सामान्य छ । आफ्नो पार्टीका उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बाग्मती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको हो । बन्द सफल पार्न भन्दै विप्लवका कार्यकर्ताले मकवानपुरको चार ठाउँमा बम राखेका थिए । हेटौंडा उपमहानगरपालिका–४ क्यइन टन्टी पार्टी प्यालेस अगाडि कुकर बम राखेका थिए ।
त्यसैगरी, हेटौंडा उपमहानगरका–१, ४, र ११ मा समेत बम राखेका थिए । उक्त बम नेपाली सेनाको टोलीले डिस्फोट गरिसकेको छ ।त्यसरी नै नुवाकोटको ककनी गाउँपालिका–१ कागतिगाँउमा रहेको वडा कार्यालयको भवनमा पेट्रोल बम विस्फोट भएको छ । विस्फोटका कारण कागजात फर्निचर र कम्प्युटरमा क्षति पुगेको छ ।
त्यसरी नै झापाका ३ ठाउँमा विप्लव समूहले एनसेल टावरमा आगजनी गरेको छ ।
यस्तो छ असर
उपत्यका
उपत्यका भित्रिने सवारी साधनहरु १–१५ प्रतिशत मात्र रहेको
बाहिरिने सवारी साधनहरु २० प्रतिशत मात्र चलेको
टिकट काउन्टर खुला
रसुवा, गोर्खा र नुवाकोट जाने काउन्टर नखुलेको
शैक्षिक संस्था तथा बजार खुला
प्रदेश १
सबै काउन्टर खुला
८५ प्रतिशत सवारीसाधन चालू
शैक्षिक संस्था तथा बजार खुला
उदयपुरबाट पश्चिम जाने सवारी साधनहरु पूर्ण रुपमा बन्द
प्रदेश २
यातायात काउन्ट खुला
८५ प्रतिशत सवारीसाधन चलेको
शैक्षिक संस्था तथा बजार खुला रहेको
महोत्तरीबाट वीरगन्ज चल्ने सवारी बन्द
प्रदेश ३
यातायात १५ प्रतिशत मात्र चालू
शैक्षिक संस्था बन्द
बजार ४० प्रतिशत खुला
शिलापत्र