कैलालीको बर्दगोरीयामा बस दुर्घटना,९ जना घाइते
धनगढी – कैलालीको बर्दगोरीयामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमवार बिहान बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ अन्र्तगत पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट बुटवल जाँदै गरेको ना ६ ख ७१६७ नम्बरको बसको स्टेरीङ फेल भएर बस सडकबाट ५/६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । घाइतेको घोडाघोडी अस्पताल उपचार भइरहेको उनले बताए । बसमा सवार अन्य यात्रुहरू सकुशल रहेको प्रहरीको भनाई छ ।