जुम्लामा जडीबुटी चोरी निकासी आरोपमा स्थानीयले नै वडाध्यक्ष कुटे
कठमाण्डौ ३ श्रावण । जुम्लाका स्थानीयले जडीबुटी चोरी निकासी आरोपमा एक्क वडाध्यक्षमाथि कुटपिट गरेका छन् । चोरी निकासी आरोपमा स्थानीयले पातारासी गाउँपालिका ४ का वडा अधक्ष्य कालीबहादुर रावतलार्य कुटपिट गरेका हुन् ।
सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका थिए । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षको गुनासो छ ।वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन माग समेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी खिरौँला चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप हुन ।
स्थानीयवासीले वडाध्यक्षमाथि हातपात भएको विषयमा अनुसन्धान गर्न पुगेका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा प्रहार गरेको डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले जान्कारी र्दिएका छन ।वडा अधक्ष्य माथिको हातपात घटनाको विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताएका छन । उता गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ ।