सरकारको काम, कारवाहीको समीक्षा गर्नुपर्ने माग : वरिष्ठ नेता नेपाल
काठमाण्डौ ९ श्रावणद । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कारवाहीको समीक्षा गर्नुपर्ने माग गरेकाछन । वरिष्ठ नेता नेपालले कमी कमजोरी छन भने सुधारेर अघि बढन पनि कारवाहीको समीक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे हुन ।
बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले आफ्नो कमी कमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी समेत गरेका छन ।
कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालीमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले हामीले आफ्नो कमी कमजोरीलाई भने स्वीकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताएकाछन । उनले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव समेत दिए।
वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनु पर्नेमा पनि जोड दिए। उनले जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरूको सच्चा सम्मान हुने पनि बताउनु भयो।