लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं : काठमाडौंको लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति सांग्रिला होटल अगाडि नम्बर नखुलेको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
रातो रंग रहेको उक्त कारको नम्बर बा ५ च मात्र खुलेको र ठक्कर दिएपछि भागेको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो । भने दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङ्जाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।