कांग्रेस र राजपाका संसदहरुले कार्यगत एकता गरेर ,फेरि संसद अवरोध
काठमाण्डौ १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले आज बुधबार पनि संसदमा अवरोध गरेका छन्। बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले मिलेर संसद नचल्न दिनकालागी सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन । उनिहरुलेले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका हुन ।
कांग्रेस र राजपाले सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह समेत गरे। उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । राजपा अध्यक्षमण्डलको मंगलबार बसेको बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो। राजपा र कांग्रेसले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेलगायतका माग राखेको छ।
सोमबारदेखि कांग्रेसले पनि सहमति जनाएपछि संसदमा मोर्चाबन्दी भएको हो। तर मंगलबारै कांग्रेसले लाल आयोगको प्रतिवेदनबारे राजपासँग कुनै कार्यगत एकता नरहेको दाबिगरेको थियो।निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसको भूमिका कमजोर भएको भन्दै पार्टीमै आलोचना भइरहेको छ। मंगलबार मात्रै संसदीय समितिमा सभापति शेरबहादुर देउवाले आफ्नै सांसदहरुलाई समेत हप्काएका थियो ।