मन्दिरका लागि छुट्याइएकौ १० लाखमा बजेट ३ लाख भुक्तानि नगरी गायब १
काठमाडौं २६ असार । प्रदेश २ सरकारले जानकी मन्दिरलाई जानकी जनमहोत्सव मनाउन दिएको १० लाख रूपैयाँमा ३ लाख गायब भएकौ छ । १० लाख दिने भनेकौ प्रदेश सरकारले दिने बेलामा जम्मा ७ लाख रूपैयाँको मात्र चेक थमाएको हो ।
प्रदेश सरकारले जानकी नवमीका लागि विनियोजित बजेट उद्योग वन, पर्यटन मन्त्रालयको जिम्मामा दिएको ब’झिएको छ । उत्त रकम लिन जाँदा पर्यटन मन्त्रालयले ७ लाखको मात्र चेक हातमा थमाएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउन’ भयौ ।
सहयोग लागी १० लाखको रहेको थियो भने , ३ लाख कुन शीर्षकमा खर्च भयो भनेर सोध्दा ३ लाख पानी र फ्रुटी बाँड्नमा खर्च भएको जवाफ आयो, भनेर वैष्णवले जान्कारी दिएका छन
धर्म र आस्थाका नाउँमा आएको बजेटमा पनि अनियमितता भएको उनले बताएकाछन भने यता, मन्त्रालयका अधिकारीले जानकी नवमीका लागि छुट्याइएको १० लाख रूपैयाँ जानकी मन्दिर र प्रदेश सरकारले बेग्ला बेग्लै खर्च गरेकोले रकम कम भएको दायबि गरेका छन छन् ।
जानकी मन्दिरका लागि आएको कुल बजेटमा प्रदेश सरकारले २ लाख बराबरको पानी र फ्रुटी बाँडेकाले २ लाख घट्न गई ८ लाखमा झरेको हो, एक अधिकारीले भने, बाँकी ८ लाखमा १३ प्रतिशत भ्याट र डेढ प्रतिशत आन्तरिक भ्याट कटौती गर्दा ७ लाख रकम मन्दिरलाई भुक्तानी गरिएको छ ।
जानकी नवमी मनाउन मन्दिरलाई ठूलो रकम खर्च भएको र दाताबाट नै रकम फर्छ्योट गर्नुपर्ने भएकोले सहयोग रकममा प्रदेश सरकारले कटौती गरेपछि समस्या भएको मन्दिरका उत्तराधिकार दास वैष्णवले बताए ।