धनगढीको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु
काठमाण्डौ ३ श्रावण । कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका बझाङ जय पुथ्वी नगरपालीका वडा नं १ कैलासका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको कैलाली जिल्ला प्रहरीकार्यालले जनाएको छ।
उत्त विस्फोटमा घाइते हुनेमा ठेगाना नखुलेका मोबिन खान, जितेन्द्र यादव तेस्तौ कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला र होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे छन्। उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भई रहेकोछ।
सो घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको जनएको छ । घटना के कारण र कसरी भएको हो भन्ने अनुसन्धान भइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन्।