मेयरको कार्यकक्षमा के म घुस दिउ भनेर आएपछि घटेको सल्यानको घटना यस्तो
असार १३, सल्यान : सल्यानमा असार १० गते शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख धनबहादुर ओली घुस रकमसहित पक्राउ परे । उनलाई २५ हजार नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरियो । पर्वतको महाशिला गाउपालिकाको महेन्द्र रत्न माविबाट सल्यानको महेन्द्र मावि पिपलनेटा सरुवा हुन चाहेका युवराज आचार्यसंग इकाई प्रमुख वलीले रकम मागेपछि उनि शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी सम्म पुगे । नगरको कार्यकक्षमा पुगेका उनले त्यहाँ पुगेर समस्या बताएपछि घटनाले अर्कै मोड लियो । कार्यकक्षमा नै म घुस दिउ त मेयर साप रु भनेपछि भ्रष्टाचारको अभियानमा लागेको बताउने मेयर सुरेश अधिकारीलाई सहिनसक्नु भयो र उनले प्रशासन सम्म पुगेर अख्तियारबाट समाउन लगाउनुहोस् भन्ने जवाफ दिए ।
त्यसपछि नै रंगेहात इकाई प्रमुख वलीलाई रंगेहात पकड्न अख्तियार तथा प्रशासन सफल भयो । यो कुरा आज सुरेश अधिकारीले सल्यान शीतलपाटीमा भएको कार्यक्रममा खुलासा गरेका छन । उनले जिल्लामा त्यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नुपर्ने भन्दै विभिन्न राजनीतिक दलबाट आफुलाई दवाव आएको र पिडित शिक्षक आचार्यलाई दोषी भन्दै झनै सरुवा हुन नदिने चलखेल चलेको तर्फ गम्भिर बन्न अनुरोध गरेका छन । आफुले भ्रष्टाचारीलाई कार्वाही गर भन्दा विभिन्न शिक्षक संगठनहरुले भ्रष्टाचारीको बचाउ गर्दै आफुलाई गलत गरेको आरोप र त्यस्ता कुराले आफुलाई अगाडि बढ्न नरोक्ने बताए । उनले भने– “म लामो समय विकासे अड्डामा बसेका मान्छे हु राजनीतिक दलका नेताहरुलाई चिन्छु र उहाँहरुका आनिवानीसंग पनि परिचित छु।
उनले राजनीतिको आडमा हुने गलत कामको विरोध गर्ने भन्दै भ्रष्टाचारको विरुद्धमा लाग्दा रोइकराई हैन राजनीति भन्दा माथी उठ्न सम्बन्धीत पक्षलाई अनुरोध गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले वलीलाई घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो। शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। उनले पिडित आचार्यलाई अन्तरजिल्ला सरुवा हो अरुले भए १ लाख नै लिन्थे ठिकै छ तपाईले २५ हजार दिनुस तपाईको सरुवा हुन्छ भनेपछि घरपायक हुने भएपनि हामीले विरोध नगरे पछिल्ला पिढिले पनि अझै दुःख पाउने भएकाले जे पर्ला पर्ला भनेर नगरसम्म पुगेको बताएका हुन ।
उनले आफुले सहि गरेपनि केहि व्यक्तिले तपाईले यति गरे के हुन्थ्यो र रु तपाइको सरुवा भैहाल्थ्यो बेकारमा झन्झट हुन्नथ्यो भन्नेहरु पनि भएको भन्दै हामी पढेलेखेको सचेत नागरिकले भ्रष्टाचारको विरोध नगरे देश नै विग्रने बताए ।ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए। ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। आवश्यक प्रकृया पूरा गरेपछि मुद्दा प्रकृया अघि बढाइने उनले बताएका छन ।