लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । उनका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।
लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । उनका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।
खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य गाडी जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रयोग गर्ने गरिएको छ । नगरपालिकाले मारुती कार एक, ट्र्याक्टर दुई, टिप्पर एक, ब्याक्हुलोडर दुई, रोलर एक, कम्प्याक्टर एक, जीप टाटा एक, मोटरसाइकल एक, १५० सिसीका मोटरसाइकल ११ र १२५ सिसीका मोटरसाइकल आठ वटा खरीद गरिएको सूचना अधिकारी खरेलले बताए ।
उनका अनुसार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडीको मूल्य रु ५१ लाख ९० हजार २६५ को टाटा जीप रहेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतका लागि मारुती कार खरीद गर्न रु ३९ लाख १९ हजार ४६९ खर्च भएको छ ।
त्यस्तै १९ वटा वडा कार्यालय र एउटा जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल खरीद गर्दा रु ४१ लाख