नेप्से परिसूचक झण्डै ५ अंकले बढ्यो, कारोबार ६ अर्ब ३ करोड नाघ्यो
काठमाडौं, १३ जेठ — धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ४.९९ अंकले वृद्धि हुँदै २,७८२.१० विन्दुमा पुगेको हो।
त्यसैगरी ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अंकले बढेर ४७५.५१ विन्दुमा पुगेको छ।
आजको कारोबारमा कुल १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
कूल ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँ बराबरमा किनबेच भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी र ङ्यादी ग्रुप पावर शीर्ष स्थानमा रहेका छन्।
त्यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखु खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले नाफा कमाएका छन्।
अर्कोतर्फ, सानिमा डिबेञ्चर, मञ्जुश्री फाइनान्स लिमिटेड, माछापुच्छ्रे बैंकको डिबेञ्चर, सिर्जनशील लघुवित्त र प्राइम डिबेञ्चरका लगानीकर्ताले भने मूल्य घटेर घाटा बेहोरेका छन्।