टंकेश्वरबाट लागुऔषधसहित दुई पक्राउ
प्रहरीले लागुऔषधसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेकाे छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटेकाे विशेष टोली लागुऔषधसहित दुई जनालाई काठमाडौं-१३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेकाे हाे।
महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार पक्राउ पर्नेमा जिल्ला धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं महानगरपालिका- १२ टेकु बस्ने २० को अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला वरमाभोजका १९ वर्षीय अजय गौतम छन्।
पक्राउ परेका उनीहरूकाे साथबाट प्रहरीले लागूऔषध नाइट्राभेट ९०० पिस र एण्ड्रोइड मोबाइल दुई थान बरामद गरेकाे छ।
पक्राउ परेका दुई जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ।