विश्वकप २०२६ का मैदानबाहिरका भाइरल क्षण
एक महिनाभन्दा बढी चलेको फिफा विश्वकप २०२६ सकिएसँगै मैदानभित्रका रोमाञ्चक खेलसँगै मैदानबाहिरका कैयौँ दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
इङ्गल्याण्डका जुड बेलिङ्घमले गोल गर्दा डेभिड बेकहम उत्साहित देखिए पनि उनकी पत्नी भिक्टोरिया बेकहम शान्त बसेको दृश्य निकै चर्चित बन्यो। यस्तै, स्कटल्याण्डका समर्थकको बोस्टन सडक प्रदर्शन, युट्युबर ‘आइसोस्पीड’को उपस्थितिले पनि विश्वकपमा छुट्टै आकर्षण थप्यो।
केप भर्डेका गोलकिपर भिजिन्या र उनकी आमाबीचको भावुक क्षण तथा खेलाडीका पारिवारिक प्रेम र खुसीका दृश्यहरूले पनि विश्वभरका फुटबलप्रेमीको ध्यान ताने। यसपटकको विश्वकप मैदानभित्र मात्र होइन, बाहिरका अविस्मरणीय क्षणका कारण पनि चर्चामा रह्यो।