सालाह बेसिग्तास जाने तयारीमा, अल्भारेजका लागि आर्सनलको चासो
लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह टर्किस क्लब बेसिग्तासमा आबद्ध हुने नजिक पुगेका छन्। दुवै पक्षबीच एक वर्षको सम्झौताको सैद्धान्तिक सहमति भएको बताइएको छ।
यता, एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेज क्लब छाडेमा उनलाई भित्र्याउन आर्सनल इच्छुक देखिएको छ। अर्कोतर्फ, आरबी लाइपजिगका फरवार्ड यान जिओमान्देका लागि रियल म्याड्रिडले गरेको १० करोड युरोको प्रस्ताव लाइपजिगले अस्वीकार गरेको छ।