केन्द्रीय कार्यकारिणी सदस्य पदमा महराद्वारा उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि 'महिला कोटा' बाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराले आफ्नो उम्मेदवारी मनोनित दर्ता गरेकी छन्।
लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील महराले साना तथा मझौला व्यवसायी र महिला उद्यमीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् । आफूले "व्यवसायमैत्री वातावरण र समावेशी नेतृत्व" को नारालाई अघि सारेको उनले बताइन् ।
उम्मेदवारी घोषणाका क्रममा महराले नेपालको अर्थतन्त्रको वास्तविक मेरुदण्ड साना तथा मझौला व्यवसायीहरू भए तापनि उनीहरू राज्य र नेतृत्वको प्राथमिकतामा पर्न नसकेको तीतो यथार्थ औंल्याइन्।