राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २३ गते सोमबार हुने भएको छ । संसद् सचिवालयले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले जारी गरेको सूचना अनुसार निर्वाचन प्रक्रिया चैत २२ गते बिहीबारबाट सुरु हुनेछ । पक्रिया संघीय संसद् सचिवालय, सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिको हलमा हुनेछ ।
