मालपोत कार्यालय चितवनबाट १६ जना बिचौलिया पक्राउ
मालपोत कार्यालय चितवनमा सेवा प्रवाहमा अवरोध गर्ने १६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले मालपोत कार्यालय चितवनमा सेवा प्रवाहमा अवरोध गर्ने १६ जना विचौलियालाई पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीलाई दुख दिने गरेको गुनासो आएपछि बिचौलियालाई पक्राउ गरिएको सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।