ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न एमाले सांसद घतानीको माग
नेकपा (एमाले)की सांसद निता घतानीले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न माग गरेकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले सो माग गरेकी हुन् ।
‘हाम्रो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधका आधार लगाएर यस्ता मुद्दाहरूले राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानुनी संरक्षणलाई मध्यनजर राखेर मुद्दा तत्काल फिर्ता गरियोस्’, सांसद घतानीले भनिन् ।