पिएम कप क्रिकेटमा आशिफ शेखको शानदार शतक
सशस्त्र प्रहरी क्लबका ओपनर आशिफ शेखले पिएम कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन्। उनले ९० बलमै आफ्नो शतक पूरा गरेका हुन्।
३३ ओभरको समाप्तिसम्म सशस्त्र प्रहरीले २ विकेट गुमाएर १८६ रन बनाएको छ। आशिफ शेख ९८ बलमा ९ चौका र ७ छक्काको सहयोगमा १०७ रन बनाएर क्रिजमा जमिरहेका छन्। उनलाई साथ दिइरहेका छन् सन्दीप जोरा।
यसअघि कप्तान रोहित पौडेलले पनि अर्धशतक पूरा गरिसकेका छन्, जसले टोलीलाई बलियो अवस्थामा पुर्याएको छ।
यो सिजनमा आशिफको यो दोस्रो शतक हो। हालसम्म ९ खेल खेल्दै उनले ३५६ रन बनाएका छन्, जसमा २ शतक र १ अर्धशतक समावेश छन्।