डोल्पामा जिप दुर्घटना: चार जना घाइते
डोल्पा, २९ माघ — डोल्पामा बिहीबार बिहान जिप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँबाट त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार जिपमा चार जना सवार थिए र प्रारम्भिक विवरणअनुसार सबै घाइते भएका छन्। घटनास्थलमा जिप टुक्राटुक्रा अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय डोल्पाले दुर्घटना भएको खबर सही भए पनि थप विवरण संकलनको काम जारी रहेको जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेको र क्षति विवरण संकलनमा जुटेको छ।
घाइतेहरूको स्वास्थ्य अवस्था र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी छ।