मन्त्री खरेलद्वारा सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट: न्याय सुनिश्चित गर्ने प्रतिबद्धता
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी उनको न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार, चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका रजकको घर पुगेर मन्त्री खरेलले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कानुनी दायरामा ल्याउने आफ्नो पहल जारी रहने बताए।
मन्त्री खरेलले सरकारले रजकलाई सहीद घोषणा गरिसकेको हुँदा हरेक नेपालीले उनलाई सम्मानपूर्वक स्मरण गर्ने पनि बताए।
सुरेश रजकको मृत्यु २०८१ चैत १५ गते भएको प्रदर्शनका क्रममा आगजनीमा परेको थियो। उनका परिवारले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्।