काठमाडौँमा किरात समुदायद्वारा उँधौली साकेला पर्व मनाए धुमधामले
काठमाडौँ । किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार टुँडिखेलमा उँधौली साकेला पर्व मनाइएको छ।
पर्वको अवसरमा किराती समुदायका सहभागीहरू मौलिक वेशभूषामा सजिएर साकेला नृत्य शैली प्रदर्शन गर्दै आफ्नो सांस्कृतिक धरोहर झल्काएका थिए। सहभागीहरूले एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै पर्वको रमाइलो अनुभव गरे।
किरात यायोक्खाले यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ। किरात समुदायले वैशाख पूर्णिमामा उँभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उँधौलीमा सफल बालीका लागि भगवानप्रति धन्यवाद ज्ञापन गर्दै साकेला नाच्ने परम्परा पालन गर्ने गर्छन्।