कराते वान सिरिज ए मा एरिकाले जितिन् ऐतिहासिक स्वर्ण
मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । ६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै एरिकाले स्वर्ण जितेकी हुन् ।
यस प्रतियोगितामा एरिकाले पहिलोपटक स्वर्ण जितेकी हुन् । नेपालबाट वर्षा बुढा मगर ५० केजीमूनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गरिरहेका छन् ।