मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै
काठमाडौं, नेपाल – साउन २१, २०८२ – फोटोन टोटल केयरले आउँदोसाउन २५ देखिमेगा मनसुन सर्भिस क्याम्पसुरू गर्न लागेको छ।एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गतफोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरूसमेत पाउन सक्नेछन्।
मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस्।यसका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ।
मेगा मनसुन सर्भिस क्याम्पकोमुख्य आकर्षण भनेकोफोटोनसवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँचहो। यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्याउँछ, किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ। यस अन्तर्गत गाडीकामेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ। त्यसैगरी, ग्राहकहरूलेनिःशुल्क वास र ग्रिजीङ सेवापनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याउँछ।
साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमास्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५% छुटपनि उपलब्ध छ। ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् रअकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ।
यो सर्भिस क्याम्पनेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्रउपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङगर्न सक्नुहुन्छ जसले गर्दा धेरैबेर नपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउन सकिन्छ। फोटोन टोटल केयरको अनुभवी टोली छिटो र भरपर्दो सेवा दिन पूर्ण रूपमा तयार छ ताकि तपाईंले आत्मविश्वासका साथ वर्षायामको यात्रा गर्न सक्नुहुनेछ ।