जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।