चितवनमा रवि लामिछानेको थुनछेक बहस सुरु
सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो ।
तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु भएको छ । सम्भवतः आज फैसला आउने अदालत स्रोत बताउँछ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।