मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्कुमलुङबाट सशस्त्र प्रहरी फिर्ता लिन माग गरेका छन् ।